Saturday, January 31, 2009

नझरोस् है (कविता)

फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है
चोरीलान काँडाबाट आँट कोही नगरोस् है
मोहित होलान् भमरा र माहुरीका ताँतीहरु
आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है
सोध्नु खबर नेपाल जाने कोही कतै भेट्यो भने
सुख दुख बाँचेकै छु भ्रम उसले नछरोस् है
याद आउँछ सानु तिम्रो ह्दयमै नअटाउने
चाहना छ निद तिम्रो कहीँ कतै नहरोस् है
-भुमिराज इच्छुक

Friday, January 30, 2009

समयको परिवर्तन (कविता)

बारीको कान्लामा डल्ला फुटाइ सकेर
दौराको फेरामा अलौटा र ठेट्ना खाँदै
चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने
धने र बिरे त आज भोली
आधुनिक शहरमा पसी
आधुनिक सभ्यताको आनुयायी भएछन ।
बिहानिको मिर्मिरेमा हरियाली जङल
चाहर्ने उनिहरु ,
साँझको गोधुलिमा रङिन क्षितिजसँग रमाउदै
गाईबस्तु फर्काउँदै ''रिटिङ रिटिङ नबजाउ बिनायो''को
गीतमा रमाउने उनिहरु त ---

आज भोली बिहानिको मिर्मिरेमा पनि
रातको धङ धङीमा नै लट्ठ हुँदा रहेछन ।
भीर, पाखा, कन्दराहरुमा प्राक्रीतिक
फल,फूल खाइ प्राक्रीतिक
आनन्द लुट्ने मनहरु त ,
आज भोली लाछी मन लिएर
धरहरा देख्दा नै काँप्ने भएछन।
दमाइ नाच,धान नाच,सोरठी हरुमा
रमाउने आँखाहरु त ,
क्याब्रे,बेल्ली डान्स र डिस्कोमा
मोहित भएछन ।
गोरेटो हिंड्ने र झोलुङेपुल तर्ने गोडाहरु त ...,
कालोपत्रे सडकमा पनि हिंड्न नसकी
चिप्लिने कारमा मात्र चड्ने
स्वाभिमानी खुट्टाहरु भएछन
त्यसैले ---समयको परिवर्तनले
आज भोली उनिहरु त
मिष्टर' डन ' र मिष्टर 'बिक्की'भएछन
'धने' र 'बिरे'को निश्छल नामहरु त
आडम्बर र स्वार्थले पुरिएर
मौनतामा बिलाएछन ।

(प्रस्तुत कविता, कवयत्री आचार्य को कबिता सङ्रह, "परदेशबाट" मा प्रकासित भयको छ । )

Wednesday, January 07, 2009

“किन खोजि हिड्छौ”

किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
आगो विना म जलेको हेर
खरानी भई बतासमा उडेको हेर
किन खोजि हिड्छौ समसानमा
म गाडि राखेको मर्ुदा होइन
आऊ आज मेरो बिपनीमा
जिउँदो लाश हिडेको हेर
शिशा झै टुक्रिएको शरीर जोडेको हेर
किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
म समाधि भई विलाएको हेर
शुन्यतामा एक्लै हराएको हेर
मौनतामा एक्लै रमाएको हेर ।।

अन्तिम प्रश्न ! (कथा जीन्दगीको )

आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा गरे । मैले पिएर गाडि चलाईन जबकी सबै साथी हरु मलाई पिउन को लागी जोड गरेका थिए । मलाई थाह छ , मैले सहि निर्णय लिएको थिए । आमा मलाई थाह थियो , तिमी मलाई जे भन्छौं मेरै भलो को लागी त भन्छ्यौं । अब रात्री भोजको लगभग अन्त्य भयो र सबैजना आ- आफ्नो घरतिर जान लागे । म पनि प्रफुल्ल मुद्रा मा घर जानको लागी मेरो गाडिमा बसे किनकी मलाई तिमीले हरेक समय प्रफुल्ल हुन सिकाएकी थियौं ।मैले गाडि चलाउन के सुरु गरेको थिए , म बाटो बाट बाहिरिए । अर्को गाडिले मलाई देखेनछ क्यारे , मेरो गाडिमाथी पहाड खसेसरी बजारियो, त्यो गाडि । म त बाटो को किनारमा उछिट्टिएछु अनि बिस्तारै पुलिस को आवाज सुन्छु, बेहोसिमा, पुलिस अगाडि भन्छ , त्यो अर्को मान्छे ले रक्सी पिएको थियो । आमा अैले मैले त्यस्को भुक्तानि तिर्दैछु ।

आमा म अैले सडकमा मरिरहेछु , मेरो चाहना केवल तिमीलाई एक चोटि भेट्न पाए। आमा मलाई किन यस्तो भयो ? किन मेरो जीवन बेलुन फुटे सरी भयो आमा ? मेरो वरी परि रगतै रगत मात्र देख्छु र सबै जसो मेरै हो । यहा मेरो नजिकै भएको परिचारीका बाट म सुन्छु , म केहि बेरमै मृत्यु बरण गर्दैछु । आमा, म तिमी फेरी पनि कसम खान्छु,मैले तिम्रो बाचा पुरा गरे, मैले कत्ति पनि पिईन। सबैजना ले पिए ,उनिहरुले सोच्दै नसोचि पिए । मलाई जस्ले हान्यो ,उ पनि त्यहि रात्री भोजमा थियो , केवल फरक छ उसले पियो र म मर्दै छु । आमा, मान्छे ले किन पिउछन ? जव यसले सारा जीवन नै सिद्दयाउन सक्छ भने ! आमा मलाई दुखाई बढ्दै छ । हरेको पल चक्कुले मेरो सरीर टुक्रा टुक्रा पारिरहे जस्तो भएको छ मलाई। त्यो मान्छे जसको गाडिले मलाई हान्यो,मेरै सामु निर्धक्क हिडिराखेको छ । आमा ! यो त उचित न्याय भयन नि , त्यस्तो लाग्दैन तिमीलाई । म यहा मरिराखेको छु, उ केवल मलाई हेर्न मात्र सक्छ ।


मेरो भाई मलाई संझेर रोला,नरुनु भनिदिनु होला, बाबालाई साहसी हुन हौंसला दिनुहोला । जब म स्वर्गमा पुग्छु , अनि जब म स्वर्गमा पुग्छु,मेरो बाबा आमा को यो प्यारो छोरालाई ,चिहान मा पुरी दिनुहोला । कमसेकम कसैले उसलाई पिएर गाडि चलाउन हुन्न भनेर संझाईदिएको भए पनि त म अझै पनि बाच्ने थिए । मेरो सास छोटो छोटो भईराखेको छ , आमा ।मलाई एकदैमे डर लागिरहेको छ , आमा । आमा मेरो लागी कहिल्यै पनि नरुनु है । मलाई जब जब तिम्रो खाचो थियो तिमी सधै म संगै थियौं , आमा, जीउन लाई पो साथ चहिने रहेछ, मर्न त एक्लै पनि मरिने रहेछ नि । आमा म मेरो मृत्यु लोक मा जादा जादै, तिमी लाई एउटा अन्तिम प्रश्न राख्न चाहन्छु , मैले तिमीले भनेझै नपिएरनै चलाए तर म नै किन मर्नु पर्यो ?

Sunday, December 21, 2008

समवेदनाका सन्देशहरू (कविता)

हरेक विहान झिसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू

म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच
एक कप चियाको लागि
समवेदना विज्ञापनको कमिसन संझन्छु
र फेरि एकपल्ट मर्न व्यग्र हुन्छु

समवेदनाको सास्कृतिक उत्सवमा
नीरोको नेपाली बासुरिहरू
शंखको कर्कश एकोहोरो आवाजहरू
मृत्युवेदनाका शतिप्रथाकालिन
एकोहोरो पञ्चेवाजाहरू
पुन पुन सुन्न उद्यत हुन्छु

किनकि हरेक विहान राजमार्गमा
लस्कर लागेका यात्रीहरू नेर
ससस्त्र वुद्धका मूर्तीहरू देखेर
हतार हतार न्यायालय पुग्दा
साक्षीको कठघरामा असरल्ल जल्न वाँकी हन्छन्
गीताका अन्तिम पानाहरू

हरेक बिहान
हेरेर आफ्नै समवेदना सन्देश
म चुपचाप उभिएकी छु
जिजीविषाका याचनातीत
एकजोर आखाहरू बोकेर

-कुसुम ज्ञवाली
पोष्ट वक्स नं २३३७२, काठमाण्डौ

Wednesday, December 17, 2008

Jaha timile hashi diyewu (Nepali Song)

Lyrics: Kiran Kharel

Jaha timile hashi diyewu, tehi sworga mero
Timro mithoo geetanai ho jindagiyo mero

Mero wotha rasawucha, timile hasi diye
Mero pawu rokine cha, timile chodi gaye
Jaha timlie tekane chawu, tehi dila mero
Timro mitho gita nai......

Awula ma sadhai bahri timro gita bhitra
Lyawula ma rangayera bhabano chitra
Jaha timro tara bajyo, tehi pyara mero
Timro mitho gita nai....

Naudada naghdai (Nepali Song)

Lyrics: Laxman lohani


Naudada naghdai bewula aayo
Laijana timilai
Panchai baja aghilai aayo
Laijana timilai

Chatima priti lukai lyayo
Dekhauna timilai
Ghoda chadhi mayalu aayo
Laijana timilai

Tara juna batuli lyayo
Singarna timilai
Mayako singai dharati lyayo
Sumpana timilai