Tuesday, October 14, 2008

गजल

अमृतमा भिजिरहेको रैछ मन गोडेर जान मन लाग्यो 
सुन्दरताका मुहानहरु सवै जोडेर लान मन लाग्यो 

ए परी, स्वर्गबाट कहिले झरेकी तिमी यहाँ ? 
तिथी मिति वार गते सवै कोरेर लान मन लाग्यो 

एकै दृष्टिमा मनभित्र बस्यौ स्वर्ग नै लिएर आँखामा खस्यौ 
एक खित्का सुन्दर हाँसो चोरेर जान मन लाग्यो 

केही त बोल मेरो याचना माथि, ए साथी ! 
जुनी जुनी तिम्रै तस्वीर कोरेर बस्न मन लाग्यो ।

नेपाली साहित्य

गजल

बुद्ध र सेता परेवालाई फेरी जगाउनु पर्ने भा'छ आज |
हिंसक ति नजरहरु फुटाउनु पर्ने भा'छ आज || 

 

कारुणिक रोदनसगै चर्कदै छ हत्त्या हिँशा खेल
अर्थहीन मराइलाई मेटाउने पर्ने भा'छ आज ||

 

आशान्ती र कोलाहल सगै बढदै छ टुहरा र बिधुवाहरु 
मनबियातका घडाहरु जुटाउनु पार्ने भा'छ आज ||  

 

पलपलमा जिजिबिषा मारी परतन्त्र जिउनु परको छ 
अडिग वीर शहिदलाई ब्युताउनु पर्ने भा'छ आज ||

 

फूलहरु यहाँ फुल्नै नपाई कोपिलामै झरेका छन् 
अस्मिता जोगाउन पाइला अब बढाउनु पर्ने भा'छ आज ||

मदन अधिकारी "उदास "
गीतानगर -३ चितवन,हाल अबुधबी