Tuesday, October 14, 2008

गजल

अमृतमा भिजिरहेको रैछ मन गोडेर जान मन लाग्यो 
सुन्दरताका मुहानहरु सवै जोडेर लान मन लाग्यो 

ए परी, स्वर्गबाट कहिले झरेकी तिमी यहाँ ? 
तिथी मिति वार गते सवै कोरेर लान मन लाग्यो 

एकै दृष्टिमा मनभित्र बस्यौ स्वर्ग नै लिएर आँखामा खस्यौ 
एक खित्का सुन्दर हाँसो चोरेर जान मन लाग्यो 

केही त बोल मेरो याचना माथि, ए साथी ! 
जुनी जुनी तिम्रै तस्वीर कोरेर बस्न मन लाग्यो ।

No comments: