Saturday, November 22, 2008

यति भए पुग्छ (कविता)

मलाई जुनेली रात होइन,
सूनौलो विहानी भए पुग्छ,
तडकभडक फेशन होइन,
एकसरो कपडा बेरे पुग्छ,

मिठो र मसिनो पनि खोज्दिन म,
मेरै गुन्द्रुक र ढिडो मस्काए पुग्छ,
मलाई बन्धनमा बाधिने पिंजरा होइन,
स्वतन्त्रताको भारी भए पुग्छ,

विलासिताको जीवन रोज्दिन म,
मेरै तराई पाहाड हिडे पुग्छ,
टुक्राउने हम्मर होइन मलाई,
भाइ भाइ जोड्ने बन्धुत्व भए पुग्छ,

दुःखले दुःख होइन मलाई,
सुखले दुःख गर्न पाए पुग्छ,
गौरव मान्छु, फुलाउछु छाती,
अनि हेर्छु आकाशमाथी,

जहा, त्यहा, जुन बेला, त्यस बेला,
छरिएर रहेपनि , सयौ फुल एउटै माला,
यस्तो इतिहास बनोस,अब,
सबै नेपाली सद्भाव छाओस, एउटै मुटु बनोस् देशको,
एउटै हाँसो हाँसोस्, अब बन्ने संविधान मर्मको
जय होस् नेपाल र नेपालीको।।।
जय होस् विर शहिदको।।।
>>फुयाल, राजकुमार गोलढुङ्गा गा. वि. स – २, काठमांडौं

No comments: