Wednesday, January 07, 2009

“किन खोजि हिड्छौ”

किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
आगो विना म जलेको हेर
खरानी भई बतासमा उडेको हेर
किन खोजि हिड्छौ समसानमा
म गाडि राखेको मर्ुदा होइन
आऊ आज मेरो बिपनीमा
जिउँदो लाश हिडेको हेर
शिशा झै टुक्रिएको शरीर जोडेको हेर
किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
म समाधि भई विलाएको हेर
शुन्यतामा एक्लै हराएको हेर
मौनतामा एक्लै रमाएको हेर ।।

4 comments:

Unknown said...


तिमी श्यामवर्नकी भएर के भो त ? सुन्दरी छौ!
चर्को घामले तिमीलाई काली बनाएको हो !
हिउद बितिगयो बर्षा पनि आकोछैन,
यही बसन्तको काखमा, छाया हराउदै नगएसम्म,
झिसमिसे बिहान देखिनै तिमीलाई मेरो मनमा
बैजनी वस्त्रको आसन बिच्छाएर कुरिरहेछु तिमी आउ !!

Unknown said...


अस्ति राज्यले कुट्यो हिजो भोकले चुट्यो
खुशी त राजधनी छ आजमेरो पुर्पुरो फुट्यो
माहामारी फैलियो फेरी मलाईरोगले लुट्यो
हुँदैनचुनाव को छ र नेता कस्लाईदिनु भोट
बनेन ओखति नपाई मर्नेभएँ म जाजराकोट

Unknown said...

मनको रहर
उत्तौला भए रहरहरु पनि मनको भिरबाट खस्छन् कि भन्ने डरलाग्छ,मनको बिर्को नखुल्नेगरी थुन्न पनि त सक्दिन कहिले-कही अफैलाई आफ्नोमनको रहर चन्चल भै चकचक गरेको पनि त हेर्नमन लाग्दो रहेछ, अनि मौसमी फूलहरु बगैचाभरी फूलेझै यौवन फुलेको हेर्ने चाहले उपद्रो मच्चाउछन् यो मन भरी...खै कसरी गरु ? सक्दिन यि रहर पुरागर्न !!'

Unknown said...
This comment has been removed by the author.