अर्थहिन भएछ यो जिन्दगानी
शब्दहरु बटुली लेख्दै नँया कहानी ।
रात मेटाउने खै कहाँ छ त्यो विहानी
जिउँदो लाश भयो पुरै यो जवानी ।।
खुशी छु भनौ भिजेका छन् यी सिरानी
लेख्दा मुटु छोए माफ होस रिसानी ।
के नै हुन्छ शरीरमा अब होस् खरानी
उडी जाँदा हावामा कतै नपरोस् पानी ।।
छाती भरी सम्झना लादैछु निसानी
खुशी संग बस है त्रि्रै हो जवानी ।
लेख्दा लेख्दै शब्द हराए के भनौं कहानी
अनौठो यात्रा भएछ आफ्नै जिन्दगानी ।।
घात प्रति घातले सताए नभिजाउनु सिरानी
माया मेरो सवै भुलि दिनु हुँदा म खरानी ।
अभिमानमा अडिक रहे प्रेमलाई सवै ठानी
स्वर्ीर्थी संसारले चिनेन माया भयो बैमानी ।।
अर्थहिन भएछ यो जिन्दगानी
शब्दहरु बटुली लेख्दै नँया कहानी ।
रात मेटाउने खै कहाँ छ त्यो विहानी
जिउँदो लाश भयो पुरै यो जवानी ।।
-अरुण "म" मेहता भद्रकालीस्थान, काठमाण्डौ, नेपाल ९८४१४७०९६७
Subscribe to:
Post Comments (Atom)
1 comment:
lovely ...so beautyful...
Post a Comment