Saturday, December 06, 2008

नयाँ साइनो जोड्‍दै गएछु (गजल)

नयाँ साइनो जोड्‍दै गएछु पत्तै नपाईकन
पुरानो जति तोड्‍दै गएछु पत्तै नपाईकन

सिधा यात्रा तय गरेँ सिधै हिँड्‍छु भनी
पाईलाहरु मोड्‍दै गएछु पत्तै नपाईकन

उखेलेर फूलको बोट, झारलाई उकेरा दिदै
बगैंचाहरु गोड्‍दै गएछु पत्तै नपाईकन

निष्‍ठुर बनी कुल्‍चिदै अघि बढ्‍दै जाँदा
आफैलाई छ ोड्‍दै गएछु पत्तै नपाईकन

आफ्‍नै भाग्‍य विरुद्घ विद्रोह गर्छु भनी
आफ्‍नै निधार फोड्‍दै गएछु पत्तै नपाईकन


(चन्‍द्र तामाङ)
- सिङ्‍गापुर

No comments: