Saturday, December 06, 2008

आफै भुले आफ्नो खुसी (गीत)

आफै भुले आफ्नो खुसी
निस्ठुरीको माया जालमा परी।
ढुखि रहने मुटु पाए
बाचुन्जेली सधै-सधै भरी।।

कसरी बुझ्नु मनको कुरा
सधै हुन्थि हासी-खुसी।
रिदएमा तिनको तस्बिर थियो
लगी छाडी मुटु चिरी।।

कती कठोर मन तिनको
कसम तोडी एकै चोटी।
कस्तो माया लाए कोनी
मर्नु न बाच्नु पारी छोडी।।



दिलिप योन्जन
Austin, USA

1 comment:

Unknown said...

lovely ...so beautyful...