Saturday, December 06, 2008

तांका/ हाइकु

आरुनै हातले
आरुनै अंग काटेर
रक्त पिपासु ।

बन्दुक राखेर
परेवाको गुँडमा
शान्तिको खोज -

कापी कलम
खोसेर जबर्जस्ति
बन्दुक दियौ ।

देशको नाममा
रगत बगाउँछौ
देश रेटेर ।

बुद्धको देश
काटमार चल्दैछ
भाइ भाइमा ।

परेवा उड्ने
मेरो प्यारो धर्तीमा
गिद्ध र चिल ।

No comments: