Monday, December 08, 2008

तिमीलाई खुशी दिने (गजल)

तिमीलाई खुशी दिने बाचा जती सबै हारें
आफुलाई नुनिलो आशुको सागर तारें

यस्तै नै हो बाचा बन्धन पुरा हुन गार्हो भो
यसैले त यो मन्लाई सधैं अध्यारोमा पारे

के को रहर थियो र ? अरुलाई चोट दिने
त्यही आत्माग्लानिले आशु मैले सधैं झारे

के सोचे के भयो आफुसंगै पराइ बने
उदासि नै साथी हुँदा आफ्नो मनलाई नै मारे

प्रभा आचार्य

No comments: