Friday, December 12, 2008

कसैको फूलबारीमा (गजल)

कसैको फूलबारीमा शीत बनेर झर्छ माया
कसैको जिन्दगानीमा चित बनेर मर्छ माया

फाप्नेलाई त राम्रै हुन्छ, नफाप्नेलाई साह्रो
नदुखेको मुटु दुखाई प्रीत बनेर सर्छ माया

सम्झन्नँ म भने पनि बिर्सनेकै याद ल्याउँछ
नियतिको सागर पनि गीत बनेर तर्छ माया

दोबाटोको भेट जस्तो छुटि जाने जीवनमा
विधाताको खेल माथि रीत बनेर टर्छ माया

केशब लामिछाने
तुंगेछा-७, भोजपुर

No comments: