Monday, December 08, 2008

जब तिमीलाई भेटछु..(कविता)

जब तिमीलाई भेटछु..
झुक्छ आँखा,रोकिन्छ सास र पनि,
दर्द अधुरै-अपुरै हुन्छ,
खुलेर भनौं भन्छु दिल भित्रको कुरा र पनि,
दिल भित्रै रहन्छ!

जब तिमीलाई भेटछु..
म जे चाहन्छु तिम्रो पनि त्यहि चाहना छ र पनि,
भन्न सक्दैनौं किन?
आखिर एउटैं ईच्छा र लक्ष छ हाम्रो र पनि,
एउटै मुटु हुदैन किन?

सायद मायाँमा यस्तै हुन्छ होला र पनि,
तिमिलाई पाउने चाहना छ मेरो,
तिमी जहाँ र जसरि रहि रहे पनि,
खुसि र सुखि हुनु प्रगतिको कामना छ मेरो !!

-जसु पुन

No comments: