फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे।
लास भए जिन्दगी चिता जलाई दिन्थे।
जिउँदो रैछ यो जिन्दगी स्वास चलीराछ
यो स्वासमा आस भए मलम लाई दिन्थे।
बाँचा टुटी,आँशा निभी यो मनै मरीराछ
मन कतै बु्झ्ने भए फेरी पलाई दिन्थे।
सतीले झै चितामाथि जिउँदै जलीराछु
शितल पवन हावा भए उनलाई दिन्थे।
टुहुरा र बेसहारा मलाई पर्खीराछन्
एक्लै भए यो जिन्दगी गिद्ध स्याललाई दिन्थे।
फूलपनि होइन जीवन, लास बने छैन्
कोही उस्तै साथी भए बसन्तलाई दिन्थे।
-अधिकारी, बसन्त मोहन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment