Monday, December 08, 2008

म त तस्वीर (गजल)

म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु

आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु

नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु

प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु

जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु

थिएँ फलामको एक टुक्रा
चोट खाइखाइ छुरा भएछु।
-इज्ज्याक

No comments: